बैशाख ०७, २०८१, शुक्रबार
               

रिया चक्रवर्ती फरार

एजेन्सी
साउन १५, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी फरार भएकी छन् ।

प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा उनी थिइनन् । 

आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका लागि भारतका सबैभन्दा ठूला  वकिल सतिशमाने सिन्देको सहयोग लिइरहेकी छन् । जसले सलमान खानदेखि सञ्जय दत्तको केस हेरिसकेका छन् ।

केके सिंहले रियाविरुद्ध ठगी, आत्महत्या गर्न उत्तेजित गरेको र मानसिक पीडा दिएको भन्दै मंगलबार बिहार प्रहरीमा ६ पानाको उजुरी दर्ता गराएका हुन् । 

रियाविरुद्ध उजुरी दर्ता भएसँगै बलिउड कलाकारदेखि भारतका राजनीतिक विश्लेषकहरूले पनि केके सिंहले राम्रो गरेको र रियालाई सजाय दिनैपर्ने कुरामा जोड दिइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि