बैशाख १३, २०८१, बिहीबार
               

अभिनेता आशुतोषले गरे आत्महत्या

एजेन्सी
साउन १५, २०७७

ADVERTISEMENT

मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । उनी ३२ वर्षका थिए । 

भारतीय सञ्चारमाध्यमका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । 

आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रि आशुतोषको निधनले शोकमा छ ।

आशुतोषको अचानक मृत्यु भएको खबर उनका प्रशंसक शोकमा छन् । उनले आत्महत्या गर्नुको कारण पनि खुल्न सकेको छैन ।

आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् हुन् । २१ जनवरी २०१६ मा मयुरी र आशुतोषको विवाह भएको थियो ।

यो पनि