बैशाख १२, २०८१, बुधबार
               

देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसमको विवरण प्रकाशन गर्दै सबैलाई सतर्क रहन सुझाव दिएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।


कस्तो लाग्यो ?

यो पनि