बैशाख १२, २०८१, बुधबार
               

केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा पत्र दर्ता

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् । 

बुधबार १५२ जना केन्द्रीय सदस्यले पार्टीको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै बुधबार सो पत्र पार्टी कार्यालयमा दर्ता गराएका हुन् ।

उनीहरुले पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउन उनीहरुले माग गरेका छन् । 

एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन । 

उनीहरुले सो पत्रमा पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको  उल्लेख गरेका छन् । सो पत्रमा दुवै अध्यक्षलाई संबोधन गरिएको छ । 

‘हाल देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धतिबमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ,’ सो पत्रका भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि