बैशाख १२, २०८१, बुधबार
               

कालिकाेट अपडेट: पहिराेमा बेपत्ता सबैको शव फेला

नेपाल फ्ल्यास
साउन १४, २०७७

फाइल फोटो
ADVERTISEMENT

कालीकोट । कालीकोटको नगरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ।

बुधबार बिहान सवा ४ बजे गएको पहिरामा नरहरीनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका थिए । सबैको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर पुर्दा ६२ बर्षीय गंगे बुढासहित उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो।

उनीहरू सबैको शव फेला परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

यसैगरी पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

उनलाई उपचारका लागि स्थानीय कुमाल बजार लगिएको थियो। पुरिएका घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए।

यस्तै, मंगलबार राति नै नरहरीनाथ गाउँपालिका ५ मा गएको पहिरामा बले बुढाको घर पनि पुरिएको छ।

उक्त पहिरोमा बेपत्ता भएको दले बुढा र उनकी श्रीमती मुना बुढाको शव फेला परेको एसएसपी वास्तोलाले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि