बैशाख ०७, २०८१, शुक्रबार
               

बारम्बार बैठक स्थगित हुनु अनुचित भएको स्थायी कमिटी बैठको निष्कर्ष

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार स्थायी कमिटी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेका बेला सो कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेको बताएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलेबैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी भएको जानकारी दिए । 

मंगलबार बालुवाटारमा बसेको सो बैठकले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको बताइएको छ । 

ओलीले बैठक स्थगित गर्नु सही नभएकाले बैठक बसेको भन्दै श्रेष्ठले बताए । उनले ओली समूहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको, तर सहभागी नभएको उनले जानकारी दिए । 

यो पनि