बैशाख १३, २०८१, बिहीबार
               

स्थायी कमिटी होइन बहुमत सदस्यको बैठक होः प्रचण्ड

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ ।

ओलीले बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका थिए ।

प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ ।

यसैबीच, प्रचण्डले जारी स्थायी समितिको निरन्तरता नभई बहुमत सदस्यहरुको बैठक भनी बालुवाटारमा बैठक सञ्चालन गरेको बताइएको छ ।

पार्टीमा दुर्घटना हुन नदिन बैठक बसेको प्रचण्डले जानकारी गराएका छन् ।

योगेश भट्टराई, घनश्याम भुषाल र शंकर पोखरेल पार्टी र सरकारको बारेमा छलफल नगर्ने गरी बैठक गर्न सकिने मतका साथ बैठकमा सहभागी छन् ।


कस्तो लाग्यो ?

यो पनि