चैत १६, २०८०, शुक्रबार
               

सिलवाल पुनः राखेप सदस्य सचिवमा नियुक्त

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव  रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।

सिलवाल दोस्रोपटक सदस्यसचिव पदमा नियुक्त भएका हुन् । यसअघि २०७६ असार २३ गते सिलवाल राखेप सदस्यसचिव पदमा नियुक्त भएका थिए । सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने मुख्य लक्ष्यसहित राखेप सदस्यसचिवको पदभार ग्रहण गरेका थिए । तर, प्रतियोगिता सकिएको तीन महिना खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सिलवाल पदमुक्त भएका थिए । 

२७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।अन्जु श्रेष्ठ र लिलबहादुर थापालाई उछिन्दै सिलवाल सदस्य सचिव भएका हुन् । 

मन्त्रिपरिषद्को निर्णय अनुसार सिलवाल नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सचिव सरहको सेवा सुविधाका साथ राखेपका सदस्य सचिव भएका हुन् । उनले मंगलबार रोखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि