चैत १५, २०८०, बिहीबार
               

कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई स‌ंकेत गर्दै आफू र आन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । 

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनले विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने पतन हुने बताउँदै  यस्तो सुझाव दिएका हुन् ।

साथै, उनले कोही मै स्टेट हुँ भन्ने प्रवृतिमा चुर्लुम्म डुबेको भए जोगिन पनि सुझाव दिएका छन् । 

उनले भने, ‘यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौँ भने त्यसबाट उम्कियौं, जोगियौं । समय त छ तर धेरै ढिला हुन् थालिसकेको छ ।’

तर, उनले अहिले नै पार्टी फुट्छ कि भन्ने भान नेता कार्यकर्तामा रहेको बताउँदै कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी नफुट्ने बताए । 

उनले नेपाल कम्युनिस्ट पार्टी  सर्वहारा वर्गको अग्रदल भएकाले  नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादको दिशामा अगाडि लैजानुपर्ने जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा रहेको बताए । 

‘नेकपा मुलुकको राजनीतिको अग्रपङ्क्तिमा उभिएको छ । जनताले नेकपाबाट ठूलो अपेक्षा गरेका छन् । त्यही विश्वासले गर्दा झण्डै दुई तिहाइको मत दिए । अबको प्रश्न भनेको जनताको आशा र अपेक्षा पूरा गर्न सक्छौं कि सक्दैनौं ? भन्ने हो,‘  उनले भने, ‘यो अपेक्षा पूरा गर्न लागिपरेका छौँ कि छैनौँ ?’ 


कस्तो लाग्यो ?

यो पनि