बैशाख १३, २०८१, बिहीबार
               

ओली प्रचण्डबीच आज पनि दुई घन्टा छलफल

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान छलफल भएको छ ।

छलफलका लागि ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीसँग झन्डै दुई घन्टा कुराकानी गरेको बताइएको छ ।

स्रोतका अनुसार बारम्बार स्थगित गरी आगामी १३ गतेका लागि  बोलाइएको स्थायी समिति बैठक सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो ।

नेकपामा पछिल्लो समय दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालन गर्न नसकेको भन्दै राजीनामा मागेका थिए ।

तर, दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग भने ओलीले अस्वीकार गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि