बैशाख ०७, २०८१, शुक्रबार
               

यसरी बुनिएको थियो एसिड आक्रमणको योजना

ADVERTISEMENT

बिहीबार साँझ काठमाडौँको सीतापालामा २२ बर्सिया युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । युवतीले आफूलाई मन नपराएर अर्को केटा मन पराएको भन्दै प्रतिशोधमा एसिड आक्रमण गरेको प्रहरकिो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई अहिले काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र सोही स्थान बस्ने मुन्ना मोहम्मद छन् । ४० वर्षीय मोहम्मद भारतीय नागरिक हुन् । उनीहरूलाई नागार्जुनबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो । घाइते युवतीको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार मोहम्मद आलमले ओखलढुङ्गा घर भएकी युवतीलाई पटक पटक फोन गरे । दुईबिच पुरानै चिनजान थियो । आलमले साँझ कतै भेटेर खाजा खान उनले प्रस्ताव गरे ।  युवतीले आफू व्यस्त रहेको बताउँदै खाजा खाने प्रस्ताव अस्वीकार गरिन् । धेरै पटकको फोन र एसएमएसमा आलमले निरन्तर भेट्न आग्रह गरिरहे । ‘प्लिज एकैछिन क्या, भोलिबाट म काठमाडौँ बाहिर जाँदै छु पछि भेट्न पाउँदिन’ युवतीलाई मनाउने कोसिस स्वरूप आलमले  बहाना बनाए ।

आलमले धेरै जिद्धी गरेपछि युवतीले आलमसँग खाजा खाने निर्णय गरिन् । ‘हुन्छ नी त तर म धेरै बेर चाहिँ बस्न भ्याउँदिन, एकै छिन मात्र है,’ युवतीले भनिन् । युवतीले कोठामा दिदी भएकाले साँझ धेरै बेर बाहिर निस्कँदा गाली गर्ने भन्दै आफ्नो बाध्यता पनि सुनाइन् । 

आफूलाई भेट्न युवती तयार भएपछि खुसी भएका आलम मोटरसाइकल लिएर बाफलको सृजनशील टोल गए । साँझ सवा ६ बजेको समय थियो । उज्यालै थियो ।  सृजनशील टोलमा आलम पुगेपछि युवतीलाई फोन गरे । ‘म यहाँ आइसके, छिटो आउन न’ आमले युवतीलाई छिटो आउन आग्रह गरे ।

युवतीको कोठामा दिदी थिइन् । उनले बाहिर निस्कने बहाना बनाइन् । साँझको खानामा  दही भात खाने भन्दै दही किन्न निस्किइन् । युवती अघि आलमले भनेको लोकेसनमा पुगिन् । मोहम्मदले सृजनशील टोलमा राम्रो खाजा पसल नभएको बताउँदै अलि टाढा जाने प्रस्ताव गरे । अप्ठेरो मान्दै युवतीले सहमति जनाइन् । उनी आलमको मोटरसाइकलमा चढिन् ।

आलमले केही पर क्याफेमा पुगेपछि मोटरसाइकल रोके । दुबै जना खाजा खान छिरे । करिब २५–३० मिनेटपछि उनीहरू दुवै बाहिरिए । खाजा खाने क्रममा आलमले युवतीसँग असामान्य केही व्यवहार गरेका थिएनन् । युवतीले आफूमाथिको षड्यन्त्रको जालो बुनिरहेको छ भन्ने थाहौ पाइनन् ।

आलमले युवतीलाई फेरि फर्काएर ल्याए । तर अघि उनलाई लिन गएको ठाउँसम्म पुगेनन् । ‘आफूलाई हतार भएको’ सुनाउँदै ५ सय मिटर वर नै छाडिदिए । युवती पनि मोटरसाइकलबाट ओर्लिएर आफ्नै बाटो लागिन् ।

उनले सीतापाइलास्थित सेल्सबेरीबाट दही किनिन् । युवती हिँडेर सृजनशील टोल पुगेकै थिइनन् । त्यतीबेला करिब पौने सात बजेको थियो । उनी कोठा जाँदै थिइन् । एक युवकले ती युवतीमाथि एसिड प्रहार गरे । एसिड छ्यापे लगतै ती युवक भागे । 

युवती ठुलो स्वरमा चिच्याइन् । वरपरका मानिसहरू भेला भए । उनलाई तत्कालै मनमोहन अस्पताल लगियो । त्यही भीडकै कसैले प्रहरीलाई खबर गरे ।  

यसरी पक्राउ परे आक्रमणकारी

घटनाको जानकारी पाए लगतै प्रहरीले अनुसन्धान सुरु ग¥यो । काठमाडौँमा भएको एसिड आक्रमणले प्रहरीलाई थप चुनौती दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान अगाडी बढायो । 
अस्पतालमा उपचाररत युवती पीडाले छटपटिँदै थिइन् ।

उनको गाला, कपाल र घाटीमा एसिडले जनाएको थियो । युवतीसँग पनि प्रहरीले केही सोधपुछ गर्याे । युवतीले एसिड प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताइन् । तर घटनास्थलको सिसिटिभी फुटेजबाट प्रहरीले धेरै क्लुहरू पायो । यता युवतीको मोबाइलको कल डिटेल प्रहरीले हेर्याे । मनमोहनले घाइते युवतीलाई कीर्तिपुर अस्पताल रेफर ग¥यो । त्यहाँ पुग्दा साढे ९ बजिसकेको थियो । 

 दीपक थापा, प्रमुख, महानगरीय अपराध नियन्त्रण महाशाखा

युवतीलाई आलमले उनको कोठा नजिकै छोडेर फर्किए । त्यसपछि, मुन्नाले योजना अनुसार युवतीको अनुहारमा एसिड हानेर फरार भए । एसिड प्रहार गर्न सजिलो हुने ठाउँमा लगेर आलमले युवतीलाई छाडेका थिए ।’

त्यति बैलै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई सकेको थियो । घटना भएको दुई घण्टामै प्रहरीले योजनाकार र एसिड प्रहार गर्नेलाई पक्राउ गर्न सफल भयो । समातिएका एक जना उनै थिए जसले ती युवतीलाई मोटरसाइकलमा राखेर खाजा खुवाउन लगेका थिए । 
आलमले युवतीलाई कुनै असामान्य व्यवहार गरेका थिएनन् । सामान्य रूपमा प्रस्तुत भएका थिए । र सकुशल बाटोमा छोडिदिएका थिए । तर, युवतीलाई खाजा खुवाउन बोलाउनु र ‘पिक एण्ड ड्रप’ गर्नुमा आलमले एउटा अपराधको योजना तयार गरेका रहेछन् ।

उनको योजनालाई साथ दिने अर्को युवक थिए थिए भारत घर भएका मुन्ना मोहम्मद । बिहीबार साँझ आलमले पूर्व योजनाअनुसार नै मोटरसाइकलमा मुन्नालाई एसिडसहित ल्याएर युवती फर्किने बाटोमा तयारी अवस्थामा राखेका थिए । त्यसैले उनले एसिड हान्न सजिलो होस भनेर एकान्तमा ल्याएर युवतीलाई छाडेका रहेछन् ।

उनीहरू खाजा खान जाँदा मुन्नाले युवती फर्किने बाटो कुरेर बसेको महानगरीय अपराध नियन्त्रण महाशाखाका एसएसपी दीपक थापाले बताए । उनले भने ‘युवतीलाई आलमले उनको कोठा नजिकै छोडेर फर्किए । त्यसपछि, मुन्नाले योजना अनुसार युवतीको अनुहारमा एसिड हानेर फरार भए । एसिड प्रहार गर्न सजिलो हुने ठाउँमा लगेर आलमले युवतीलाई छाडेका थिए ।’

 

यता आलम भने युवतीलाई छाडेपछि अलि पर मुन्नालाई कुरेर बसेका थिए । मुन्नाले युवतीलाई एसिड छ्यापेपछि आलमले भनेको ठाउँमा आए । आलमले मुन्नालाई मोटरसाइकलमा राखेर उनलाई कोठामा पु¥याए । योजना सफल भएकोमा उनीहरू खुसी थिए । उनीहरू सँगै थिए । उत्तिकैमा महानगरीय अपराध महाशाखाको टोली मुन्नाकै कोठामा पुग्यो । दुवै जना पक्राउ परे ।

प्रेम अस्वीकार गरेको प्रतिशोध

विवाहित आलम र पीडित युवतीबिच पुरानै चिनजान थियो । आलम र युवती मात्र होइन उनका परिवारको समेत जान पहिचान थियो । आलमले ती युवतीलाई पहिलेदेखि नै ‘फलो’ गर्दै आएका थिए । प्रेम प्रस्ताव समेत राखेका थिए । तर, युवतीले आलमको विवाह भएको भन्दै अस्वीकार गरेका थिए ।

आफूले मन पराएको ती युवतीको अरू नै प्रेमी भएको जानकारी पाएपछि आलममा आपराधिक सोच पलायो । युवतीले पनि आलमसँगको सम्पर्क पातलो बनाउन थालेकी थिइन् । उनीहरू धेरै समय टाढा रहे । तर आलमले भने आलमले युवतीलाई एसिड आक्रमण गर्ने योजना बनाएका रहेछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि