चैत १५, २०८०, बिहीबार
               

आज पनि मौसमको ठूलै प्रभाव, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमााडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउँन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का  एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि