बैशाख ०८, २०८१, शनिबार
               

ओलीसँगै मिलेर जानुपर्ने खुमलटार पूर्वमाओवादी समूह छलफलको निष्कर्ष

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेका छन्।

उनले पार्टी एकता भए पनि सांगठनिक एकताका काम बाँकी रहेको, पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दूरी टाढिएको र उनलाई साथ दिइरहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि उनीप्रति सशंकित भइरहेका बेला दाहालले पूर्वमाआवादी धारको छलफलमा यस्तो धारणा राखेका हुन् । 

तर, दाहालले सो छलफलमा पूरै पार्टी एकीकरण नभए पनि पूर्वमाओवादी गुट भने नबनाउने बताउँदै विचारका हिसाबले छलफल गर्दै जाने बताएको खुमलटार स्रोतले बतायो । 

सो छलफलमा अध्यक्ष दाहालले केपी शर्मा ओलीसँग कुनै पनि सहमित नभएको बताएको सो स्रोतले जानकारी दियो । 

‘सहमति ठ्याक्कै बनिसकेको छैन। समझदारी केपी ओलीसँगै गर्नुपर्छ। कि पार्टी फुट्नु पर्‍यो होइन भने केपी शर्मा ओलीसँगै सहकार्य गर्नुपर्छ भन्ने दाहालको भनाइ थियो,’ सो स्रोतको भनाइ थियो । 

साथै, सो भेलामा सहभागीले पनि पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत रहेको सहभागीले प्रचण्डलाई सुझाव दिएको बताइएको छ । 

स्थायी समिति कमिटी र सचिवालय दुवैमा पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको राजीनामा जोड दिइरहेका बेला एकाएक दाहालले प्रधानमन्त्रीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई स्वीकार गरेपछि प्रधानमन्त्रीको सकस दाहालमा सरेको छ । 

शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।

त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठकलगतै प्रधानमन्त्री ओली र दाहाल शीतल निवास गएका थिए ।  सम्भवत: शीतल निवासमा कुरा नमिलेपछि दाहालले छोरी गंगालाई हामीले कुनै पनि सहमति गरेका छैनौँ । बाहिर सहमित भयो भनेर हल्ला फिजिएको रहेछ भन्दै केपी शर्मा ओली र सचिवालयमा ओलीको महाधिवेशनको खण्डन गराएका थिए । 

सचिवालयको बैठकमा ओलीको प्रस्तावलाई स्वीकार गरी सो प्रस्ताव कार्यान्वयन गर्न वातावरण बनाउने भूमिका दाहालमा देखिएसँगै माधवकुमार समूह उनीप्रति सशंकित भइसकेको थियो । 

त्यसमा पनि दाहाल राष्ट्रपति कार्यालय शीतल निवास गएपछि नेपाल थप सशंकित भएको हो ।

सोमाबार प्रचण्ड निवासमा भेला भएका पूर्वमओवादी प्रचण्डलाई ओलीसँग संघर्ष,एकता, झगडा जे गरे भए पनि मिलाउनू भनेर सुझाव दिएको बताइएको छ । 

तर, सो छलफलमा महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको, तर सहमति भने भइनसकेको प्रचण्डको भनाइ रहेको थियो ।

यो पनि