बैशाख १३, २०८१, बिहीबार
               

कोरोना भाइरस : जनसंख्याका आधारमा बढी संक्रमित कतार, कम प्रभावित पपुवा न्युगिनी

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट यतिबेला विश्व नै प्रताडित बनेको छ । कतिपय देशमा त कुल जनसंख्याको तीन प्रतिशतभन्दा बढी संक्रमित पुगेका छन् ।

जनसंख्याका आधारमा सबैभन्दा बढी संक्रमित कतारमा छन् । कतारको जनसंख्या २८ लाख ७ हजार ८०५ रहेकोमा १ लाख ६ हजार ६४८ जना संक्रमित भएका छन् । यो कुल जनसंख्याको ३ दशमलव ७९ प्रतिशत हो ।

कुल जनसंख्याको एक प्रतिशतभन्दा बढी संक्रमित हुनेमा कतारसहित १४ देश छन् । फेन्च गुयनामा २ दशमलव २२ प्रतिशत, बहराइनमा २ दशमलव १३ प्रतिशत र सान मारिनोमा देशको जनसंख्याको २ दशमलव ०५ प्रतिशत बढी संक्रमित छन् ।

त्यसपछि जनसंख्याको आधारमा बढी संक्रमित हुनेमा चिली १ दशमलव ७३ प्रतिशत, भ्याटिकन सिटीमा १ दशमलव ४९, कुवेतमा १ दशमलव ३८, ओमानमा १ दशमलव ३ र पनामामा १ दशमलव २३ प्रतिशत हुन् ।

विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको अमेरिकामा पनि त्यहाँको कुल जनसंख्याको १ दशमलव १७७ प्रतिशतमा संक्रमण देखिएको छ । त्यसपछि अर्मेनियामा १ दशमलव ७७६, अन्डोरामा १ दशमलव ११३, पेरुमा १ दशमलव ०७ र मायोटमा १ दशमलव ०१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

जनसंख्याको अनुपातमा सबैभन्दा कम संक्रमित पपुवा न्युगिनी परेको छ । त्यहाँको जनसंख्या ८९ लाख ५४ हजार ६६१ रहेकोमा १६ जना मात्र संक्रमित छन् । यो ० दशमलव ०००१ प्रतिशत हो । त्यसपछि कम संक्रमित मुलुकमा लाओस, भियतनाम, म्यानमार र तान्जानिया छन् ।

नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ६० हजार ६८० को ० दशमलव ०६ प्रतिशत संक्रमित छन् । अहिलेसम्म १७ हजार ६५८ जना संक्रमित रहेको नेपाल जनसंख्याको अनुपातमा बढी संक्रमित हुने मुलुकको ११८औँ स्थानमा पर्छ ।

बढी संक्रमित ५० मुलुकको मात्र तथ्यांक विश्लेषण गर्दा कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीन जनसंख्याको सबैभन्दा कम संक्रमित छ । चीनमा कुल जनसंख्याको ० दशमलव ००५ प्रतिशतलाई मात्र कोरोना भाइरसले सताएको छ । त्यसपछि नाइजेरिया कम संक्रमित छ । त्यहाँ ० दशमलव ०१७प्रतिशतमा संक्रमण देखिएको छ ।

भारतमा कुल जनसंख्याको ० दशमलव ०८१ प्रतिशत संक्रमित छन् । भारत जनसंख्याको आधारमा बढी संक्रमित मुलुकको सूचीको १०७औँ स्थानमा छ । कुल जनसंख्याको ० दशमलव ११९ प्रतिशत संक्रमित रहेको पाकिस्तान ९४औँ स्थानमा छ भने बंगलादेश ११८औँ स्थानमा छ । बंगलादेशमा कुल जनसंख्याको ० दशमलव १२४ प्रतिशत संक्रमित छन् । सार्क मुलुकमध्ये भुटानमा जनसंख्याको अनुपातमा पनि सबैभन्दा कम संक्रमित छन् । त्यहाँ ० दशमलव ०११ प्रतिशत संक्रमित छन् । भुटान बढी संक्रमणका आधारमा विश्व सूचीको १८४औँ स्थानमा पर्छ ।

सर्वाधिक संक्रमित भएका ५० देशको जनसंख्याको आधारमा संक्रमण प्रतिशत :

देश संक्रमित जनसंख्या संक्रमित प्रतिशत
अमेरिका
USA
३८,९८,५५० ३,३१,१०२,८५० १.१७७
ब्राजिल
Brazil
२०,९९,८९६ २१,२६,३६,४९६ ०.९८७
भारत
India
११,१८,७८० १,३८,०६,७८,२७१ ०.०८१
रुस
Russia
७,७१,५४६ १४,५९,३७,८५७ ०.५२८
दक्षिण अफ्रिका
South Africa
३,६४,३२८ ५,९३,४४,७९४ ०.६१३
पेरु
Peru
३,५३,५९० ३,२९,९३,७२४ १.०७१
मेक्सिको
Mexico
३,४४,२२४ १२,८९,९९,५८१ ०.२६६
चिली
Chile
३,३०,९३० १,९१,२४,४५३ १.७३
स्पेन
Spain
३,०७,३३५ ४,६७,५५,७६१ ०.६५७
१० बेलायत
UK
२,९४,७९२ ६,७९,०४,५२६ ०.४३४
११ इरान
Iran
२,७३,७८८ ८,४०,४४,७५२ ०.३२५
१२ पाकिस्तान
Pakistan
२,६५,०८३ २२,१०,८४,५२६ ०.११९
१३ साउदी अरेबिया
Saudi Arabia
२,५०,९२० ३,४८,३९,२३६ ०.७२
१४ इटाली
Italy
२,४४,४३४ ६,०४,५६,९२३ ०.४०४
१५ टर्की
Turkey
२,१९,६४१ ८,४३,८३,७२३ ०.२६
१६ बंगलादेश
Bangladesh
२,०४,५२५ १६,४७,७०,७७० ०.१२४
१७ जर्मनी
Germany
२,०२,८४५ ८,३७,९८,११९ ०.२४२
१८ कोलम्बिया
Colombia
१,९७,२७८ ५,०९,०९,६०५ ०.३८७
१९ फ्रान्स
France
१,७४,६७४ ६,५२,८१,२२३ ०.२६७
२० अर्जेन्टिना
Argentina
१,२६,७५५ ४,५२,१६,५०८ ०.२८
२१ क्यानडा
Canada
१,१०,३३८ ३,७७,५८,७६५ ०.२९२
२२ कतार
Qatar
१,०६,६४८ २८,०७,८०५ ३.७९८
२३ इराक
Iraq
९२,५३० ४,०२,६१,५२८ ०.२२९
२४ इजिप्ट
Egypt
८७,७७५ १०,२४,२१,४५८ ०.०८५
२५ इन्डोनेसिया
Indonesia
८६,५२१ २७,३६,६६,२०५ ०.०३१
२६ चीन
China
८३,६८२ १,४३,९३,२३,७७६ ०.००५
२७ स्वीडेन
Sweden
७७,२८१ १,०१,०२,५०४ ०.७६४
२८ इक्वेडर
Ecuador
७४,०१३ १,७६,५५,६४१ ०.४१९
२९ काजखस्तान
Kazakhstan
७१,८३८ १,८७,८७,६२४ ०.३८२
३० फिलिपिन्स
Philippines
६७,४५६ १०,९६,५०,९८३ ०.०६१
३१ ओमान
Oman
६६,६६१ ५१,१२,०३९ १.३०४
३२ बेलारुस
Belarus
६६,०९५ ९४,४९,१५३ ०.६९९
३३ बेल्जियम
Belgium
६३,८९३ १,१५,९२,२६४ ०.५५१
३४ बोलिभिया
Bolivia
५९,५८२ १,१६,८०,६२६ ०.५१
३५ कुवेत
Kuwait
५९,२०४ ४२,७३,५५१ १.३८५
३६ युक्रेन
Ukraine
५८,८४२ ४,३७,१८,७१२ ०.१३४
३७ युएई
UAE
५६,९२२ ९८,९६,२०३ ०.५७५
३८ पानामा
Panama
५३,४६८ ४३,१७,९३९ १.२३८
३९ डोमिनिक गणतन्त्र
Dominican Republic
५२,८५५ १,०८,५३,३०२ ०.४८६
४० नेदरल्यान्ड्स
Netherlands
५१,७२५ १,७१,३६,८९६ ०.३०१
४१ इजरायल
Israel
५०,२८९ ९१,९७,५९० ०.५४६
४२ पोर्चुगल
Portugal
४८,६३६ १,०१,९५,०४९ ०.४७७
४३ सिंगापुर
Singapore
४७,९१२ ५८,५२,६७२ ०.८१८
४४ पोल्यान्ड
Poland
४०,१०४ ३,७८,४४,३३२ ०.१०५
४५ ग्वाटेमाला
Guatemala
३८,६७७ १,७९,३०,५७७ ०.२१५
४६ रोमानिया
Romania
३७,४५८ १,९२,३०,५७७ ०.१९४
४७ नाइजेरिया
Nigeria
३६,६६३ २०,६३,५४,२६९ ०.०१७
४८ बहराइन
Bahrain
३६,४२२ १७,०३,७४३ २.१३७
४९ अफगानिस्तान
Afghanistan
३५,४७५ ३,८९,६६,२२५ ०.०९१
५० आर्मेनिया
Armenia
३४,८७७ २९,६३,५४० ०.३४१

कस्तो लाग्यो ?

यो पनि