बैशाख ०७, २०८१, शुक्रबार
               

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित,  मंगलबार बस्ने

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक फेरि २ दिन पर धकेलिएको हो । बैठक साउन ६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक सरेको जानकारी दिएका छन् । ‘बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने ’ विज्ञप्तिमा उल्लेख छ । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

यसअघि शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर छुट्टै छलफलमा व्यस्त छन् ।
प्रचण्ड निवास खुमलटारमा आइतबार बिहानैदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । 


कस्तो लाग्यो ?

यो पनि