बैशाख १४, २०८१, शुक्रबार
               

विदेशमा कोरोनाबाट १६० जना नेपालीको मृत्यु

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै संघले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत संक्रमणमुक्त भएका बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि