बैशाख १४, २०८१, शुक्रबार
               

आज पनि देशका केही भू–भागमा भारी वर्षा र चट्याङ

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसमको विवरण सार्वजनिक गरेको छ । महाशाखका अनुसार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी राती देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ का थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि