बैशाख १३, २०८१, बिहीबार
               

आज बिहानेदेखि भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

कठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले त्यसबाट सतर्क रहन आम नागरिलाई सुझाव दिएको छ ।

महाशाखाले जनाए अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि