बैशाख ०८, २०८१, शनिबार
               

अयोध्याकाे विषयमा भारतमा नेपालीमाथि ज्यादती सुरु, प्रधानमन्त्री ओलीको विरोध गर्न लगाइयाे

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ ।

भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तीको विरोधमा त्यहाँ रहेका नेपालीहरुमाथि ज्यादती गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।

हालै एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ ।

यसैबीच, घटनाबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले चासो दिएका छन् ।

उनले सामाजिक सन्जालमार्फत उक्त  घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि