बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रालयले मंगलबार एक  विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर एक विज्ञप्ति जारी गर्दै सो स्पष्टीकरण दिएको हो ।

सो विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

उनको यो अभिव्यक्तिलाई लिएर उनकै दल नेकपाका नेता, प्रमुख प्रतिपक्षी दललगायत अन्य साना दलले विरोध जनाइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भानजयन्तीमा प्रधानमन्त्रीले बोलेको कुरा राजनीतिक नभएको बताएको छ । 

यो पनि