बैशाख ०७, २०८१, शुक्रबार
               

पार्टीमा कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी छैनन् : दाहाल

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपामा कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी नभएको बताएका छन् ।  

नेकपाको आन्तरिक शक्ति संघर्षका कारण नेकपा संकटमा परिरहेका बेला गृहजिल्ला  चितवन पुगेका दाहालले सबै मिलेरै नाकाबन्दी र नक्सा बनाएको बताउँदै उनले भने,  ‘राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’

नेकपा आन्तरिक किचलो भइरहेका बेला भएको प्रदर्शनलक्षित गर्दै उनले भने, ‘मेरो सबैलाई विनम्रतापूर्व आग्रह छ पार्टीभित्र यस्तो नगरौँ ।’

साथै, उनले भने, ‘यो पार्टीलाई विभाजन हुन दिइने छैन ।’ साथै, उनले पार्टी एकताबद्ध  हुने बताउँदै कार्यकर्ता यताउता हुनुपर्ने अवस्था नआउने बताए ।

‘तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु,’ उनले भने,‘सबैले जिन्दावादको नारा लगाऔँ, यही नै यो राष्ट्र पार्टीको हितमा छ ।’

साथै, उनले पार्टीभित्रका कुनै पनि नेताविरुद्ध राष्ट्रवाद वा दलाल भनी नारा नलगाउन पनि निर्देशन दिएका छन् ।  

उनले विगतमा केपी शर्मा ओलीले लम्पसारवाद भनी आरोप लगाएको, तर अहिले आएर त्यो असत्य साबित भएको छ ।

‘केही साथीहरुलाई लाग्यो, म लम्पसारवादी भएँ, यो लम्पसारवाद भयो, साथीहरुले कडा आलोचना गर्नुभयो,’ उनले भने, ‘तर अहिले त्यो गलत साबित भएको  छ । र, अहिलेका यी आरोप पनि गलत साबित हुनेछन् ।’

यसका अलवा उनले संविधान कार्यान्वयनसँगै निर्वाचन सुसम्पन्न गराएको, मधेसी दललाई भरोसामा लिएर निर्वाचन लिएर गएको आफूले गरेको उल्लेख गर्दै उनले भने, ‘यी सबै काम लम्पसारवाद थियो त ?’ प्रश्न गरेका छन् ।  

यस विषय (लम्पसारवाद)का विषयमा आफूले केपी शर्मा ओलीसँग पनि खुला रुपले कुरा गर्ने गरेको पनि बताए । 

यो पनि