बैशाख १४, २०८१, शुक्रबार
               

भियतनाममा बन्यो सुनले बनेको होटेल

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

भियतनामा हनोईमा  एक होटेल सुनैसुनले बनेको छ । जसमा बाहिरी जलप मात्रै सुनको बनाइएको छैन । ट्वाइलेटमा समेत सुनकै जलप लगाइएको छ । 

भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकनामक सो होटेलमा सुनैसुनको जलप लगाएर बनाइएको छ । 

जसको लागत  १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी  रहेको जनाइएको छ । सो होटेलमा जाने गेस्टले गोल्डन बाथमा आफ्नो हात धुन र गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न पाउने बताइएको छ । 

सो होटेलको बिल्डिङमा सुनको जलप मात्र लगाउन एक टन सुन प्रयोग गरिएको  बताइएको छ । यस होटेलमा एक रात बिताउनका लागि २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ लाग्ने बताइएको छ । 

सो होटलका मालिक हु डुवाङ्ग बताइएको छ । 

सुनको होटल विश्वकै पहिलो भएको बताइएको छ । 

सो होटेलका मालिकले स्थानीयस्तरमा उपलब्ध सुनबाट बनाएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि