बैशाख १२, २०८१, बुधबार
               

आज पनि मौसमको ठूलो प्रभाव,सावधानी हुन सुझाव

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे विवरण सार्वजनिक गर्दै आम देशवासीलाई सावधानी अपनाउँन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, राती देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र  सुदुर पश्चिम प्रदेश को एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि