बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाबाट शून्य दशमलव २१ प्रतिशतकाे मृत्यु, ४८ प्रतिशतले जितेर घर फर्के

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा काेराेना संक्रमितमध्ये करिब ४८ प्रतिशतभन्दा बढी निकाे भएर घर फर्केका छन् भने ०.२१ प्रतिशतकाे मृत्यु भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीकाे नाममा सम्बाेधन गर्दै विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्न नहुने भन्दै  कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि सरकार सम्पूर्ण रूपमा केन्द्रित रहेकाे बताएका छन्  

प्रधानमन्त्रीले भने- 'यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्धार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन । कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरूत्थानमा लागिपरेका छौं ।'

प्रधानमन्त्रीले सम्बाेधनकाे क्रममा थपे- 'हालसम्म कोरोनाबाट १६ हजार ६ सय ४९ जना नेपालीहरू संक्रमित भइसकेका छन् । संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरूको ०.२१ प्रतिशत हो । उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरू मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ । कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ । अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा हुनुहुन्छ ।'

यो पनि