साउन २२, २०७७, बिहीबार
               

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
असार २६, २०७७

काठमाडौं । ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो  । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए  ।

‘बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ’, उनले भने । यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि