बैशाख ०७, २०८१, शुक्रबार
               

लम्जुङमा पनि पहिरो,  एकै परिवारका तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । लगातार आएको भारी वर्षाको कारण लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लम्जुङले दिएको जानकारी अनुसार पहिरोमा पुरिएकाहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि