बैशाख ०८, २०८१, शनिबार
               

आज पनि देशभर भारी वर्षा, पूर्ण सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे तथ्यांक सार्वजनिक गरी आम देशवासीलाई पूर्ण सतर्कत रहन सुभाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि