बैशाख १२, २०८१, बुधबार
               

पहिरोका कारण चार घर भत्कियो

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका-२ ठूलोढुङगाका चार घर पहिरोले भत्किएको छ । गएराति परेको अबिरल  वर्षाका कारण  चार घर परिवार विस्थापित भएको माप्य दुधकोसी गाउँपालिका-२ का वडाअध्यक्ष तेजबहादुर मगरले जानकारी दिए । 

पहिरोको कारण लब्दी दमाई, सन्तुबिर राई, देउमाया मगर र सुब्बा मगरको घर पहिरोले भत्काएको हाे । पहिरोको कारण कुनै मानवीय क्षति भने भएको छैन ।

त्यस्तै गाउँपालिका स्थित कृषि विकास बैकंको भवन पनि पहिरोको जोखिममा परेको छ । पहिरोले बैंक भएको भवनको तल्लो भाग चर्किएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि