चैत १६, २०८०, शुक्रबार
               

घाँस काट्न गएकी महिलाको बीभत्स हत्या

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

संखुवासभा । धर्मदेवी नगरपालिका–९ मुलगाउँ जंगलमा घाँस काट्न गएकी एक महिलाकाे बिहीबार बीभत्स हत्या भएकाे छ ।

बुधबार दिउसो घाँस काट्न गएकी मनमाया जिमीको घर नआएपछि श्रीमान रुद्र जिमी र छोरा खोजी गर्दै मुलगाउँको जंगलमा पुग्दा उनीहरूले मृत अवस्थामा फेला पारेका थिए । श्रीमान रुद्रले बिहीबार बिहान ८ बजे जंगलमा श्रीमतीलाई फेला पारेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

हत्या कस्ले किन गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि