बैशाख ०८, २०८१, शनिबार
               

चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार २५, २०७७

फाइल फोटो
ADVERTISEMENT

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेका बेला सक्रिय भएकी चिनियाँ राजदूतको भेटलाई लिएर आलोचना  भइरहेक बेला होउ यान्छी र  पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । 

 अध्यक्ष दाहाललाई राजदूत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेकी हुन् । 

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमनत्री दुवै पदबाट हट्न दबाब दिइरहेका नेताहरुलाई भेट्ने क्रममा राजदूत होउ यान्छीले बिहीबार प्रचण्डलाई पनि भेटेकी हुन् ।

नेकपामा आन्तिरक आन्तरिक शक्ति संघर्ष चलिरहेका बेला  राजदूत होउकाे राष्ट्रपति र नेकपाकै अन्य नेतासँग भएको भेटलाई निकै महत्वका साथ हेरिएको छ । 

यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । 

भेटबारेमा दाहालको सचिवालयले पुष्टि गरेको छैन । तर, चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले राजदूत र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भई साझा विषयमा आफ्ना धाराण आदान–प्रदान भएको बताएका छन् । 

यो पनि