बैशाख १३, २०८१, बिहीबार
               

भारतीय मिडियाविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने खतिवडाको भनाइ

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । 

बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै  उनले यस्तो बताएका हुन् । 

साथै उनले  भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने पनि बताए ।

नियमित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारबरे गरेको जिज्ञासामा उनले भने, ‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

उनले नेपाली राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न स्वदेशी र विदेशी सबै मिडियासँग आग्रह गरे ।

उनले भने, ‘यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि