बैशाख ०७, २०८१, शुक्रबार
               

'संक्रमितको संख्या घट्दैमा जोखिम घट्दैन, हेलचक्र्याईं नगर्नू'

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या घट्दै गएको, तर बच्ने उपायको बेवास्ता गरेर हिँड्यौं भने पुनः  अवस्था भयावह हुने भएकाेले सचेत रहन आग्रह गरे ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले हामी सबै सचेत नभए फेरि सङ्क्रमितको सङ्ख्या बढ्ने चेतावनीसमेत  दिए । पछिल्लो समय मानिसको हेलचेक्र्याइँ भन्दै सचेत रहन आग्रह पनि गरे । उनले भने, “अहिले कोरोना संक्रमण घटेको हामीले सतर्कता अपनाएर नै हो, तर हामीले सतर्कताको  बेवस्ता गरेमा पुनः भयावह अवस्था निम्तिने खतरा हुन्छ ।” 

पछिल्लाे हप्ताकाे तथ्यांकअनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या घटिरहेकाे छ भने काेराेनामुक्त हुनेकाे संख्या बढिरहेकाे छ । मंगलबार २०४ जना, बुधबार २५५ जना संक्रमित थप हुँदा बिहीबार १०८ जनामा मात्र संक्रमण देखिएकाे थियो । 


कस्तो लाग्यो ?

यो पनि