चैत १६, २०८०, शुक्रबार
               

हास्यअभिनेता सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

वीरगंज । मधेसी महिलाको स्वाभिमानमा चोट पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्यकलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

वीरगंजका युवा ओमप्रकाश सरार्फले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो । दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्‍याउने गरी कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताए ।

मंगलबार उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा पुग्दा दर्ता गर्न नमानेकोले कानुनविद्हरुको सल्लाहमा हुलाकमार्फत उजुरी पठाइएको हो । अब पनि प्रहरीले कारबाही नगरे क्षेत्री र कान्तिपुर टेलिभिजनविरुद्ध सडक संघर्षसमेत गरिने वीरगंजका युवाहरुले चेतावनी दिएका छन् ।

कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरी मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको तर्क गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि