चैत १६, २०८०, शुक्रबार
               

अजोड इन्स्योरेन्सको आइपिओ : पहिलो दिन नै मागेभन्दा डेढी आवेदन

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपिओ) का लागि बिहीबार पहिलो दिन नै मागेभन्दा बढी आवेदन परेको छ ।

कम्पनीको आइपिओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार ४२ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । 

कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपिओ आज बिहिबार देखि बिक्री खुला गरेको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । २६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि खोलिएको हो ।

कम्पनीको आइपीओमा १० कित्ता अर्थात् एक हजार रूपैयाँदेखि आवेदन गर्न सकिने छ । एक व्यक्तिले बढीमा १० हजार कित्ता अर्थात् १० लाख रुपैयाँसम्मका लागि आवेदन गर्न सक्ने गरी आइपिओ खोलिएको हो ।

शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुने छ । त्यसमा संस्थापकको ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

नयाँ आएका निर्जीवन बिमा कम्पनीहरूमा आइपिओ जारी गर्ने अजाेड इन्स्याेरेन्स पहिलाे हो । कम्पनीको आइपिओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । शेयर प्रत्यभूतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन् ।

अजोड इन्स्योरेन्सको आइपिओको लागि असार २९ गतेसम्म आवदेन भर्न सकिने छ ।

यो पनि