बैशाख १४, २०८१, शुक्रबार
               

दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित

एजेन्सी
असार २५, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ ।

यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । 

योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३ जना पुगेको छ । 

यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना संक्रमित थपिएका छन् ।    

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि समाचारमा जनाइएको छ ।  

पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या २८७ जना पुगेको बताइएको छ । 

यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ । 

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । 

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । 

तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । 

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । 

त्यसयता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि