बैशाख १२, २०८१, बुधबार
               

कैलालीमा एक हजार काेराेना संक्रमित

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

कैलाली । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७१७ पुगेको छ ।

बुधबार ६७ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ७१७ पुगेको हो ।

पछिल्लो समय सुदूरपश्‍चिममा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

हालसम्म ९९३ जना कोरोना मुक्त भएका छन् ।

संक्रमितमा ८५५ महिला र २ हजार ८६२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

संक्रमितमध्ये कैलालीका मात्रै ९८६ जना छन् ।

यस्तै अछामका ५८७, बैतडीका २९७ , बझाङका १४३, बाजुराका ४४४, डडेल्धुराका २६९, दार्चुलाका १८, डोटीका ५३३ र कञ्‍चनपुरका ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार २९९ जना क्वारेन्टाइनमौ रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि