बैशाख १३, २०८१, बिहीबार
               

बलिउड हास्य अभिनेता जगदिपको मृत्यु

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय हास्य अभिनेता जगदिपको मृत्यु भएको भारतीय समाचारमा जनाइएको छ । प्राप्त जानकारी अनुसार ८१ वर्षीय ती अभिनेता जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी थियो ।

बुढेसकाल लागेसँगै उनी विभिन्न रोगबाट ग्रसित थिए । बलिउड चलचित्र शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि