बैशाख ११, २०८१, मंगलबार
               

अध्यक्षद्वयबीच भएको छलफल सकियो, बिहीबार पुन: छलफल गर्ने सहमति

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ । 

अध्यक्षद्वयबीच करिब दुई घण्टा छलफलपछि बुधबार साँझ  विनानिष्कर्ष सो बैठक सकिएको हो । 

भोलि पुन: दुई अध्यक्षबीच छलफलमा बस्ने सहमति भई सो बैठक सकिएको प्रचण्ड सचिवालयले जनाएको छ । 

तर, बैठकमा दुई अध्यक्षबीच के-के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

बैठक सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् ।

केही दिनयता नेकपा विवाद सुल्झाउन दुई अध्यक्षबीच पटकपटक छलफल भए पनि निकास निस्कन सकेको छैन । 

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवादकै कारण स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यो पनि