बैशाख १३, २०८१, बिहीबार
               

पेट्रोलिय पदार्थमा स्वचालित मूल्य लागू नभए आन्दोलन गर्ने नेविसंघको चेतावनी

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ ।  

नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी तत्काल मूल्य घटाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको छ । 

निगमले असार १६ गतेदेिख लागू गरेको पेट्रोलियम पदार्थको  मूल्यवृद्धि तत्काल खारेज गर्न  माग गरेको छ । 

नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।

लकडाउनको अवधिमा तीन अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्नेवित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको सो ज्ञापनपत्रमा उल्लेख छ । 

नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करसमेत खारेज गर्न माग गरेको छ ।

नेपाल आयल निगमले नेविसंघले गराएको ध्यानाकर्षणलाई बेवास्था गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । 

यो पनि