बैशाख ०८, २०८१, शनिबार
               

सप्तरीमा प्रधानमन्त्रीको पक्षमा भएको प्रदर्शन पूर्वमाओवादी समर्थकले रोक्यो

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । सप्तरीमा पूर्वएमाले धारका नेकपाका नेता  तथा कार्यकर्ताले निकालेको प्रदर्शनलाई पूर्वमाओवादीका नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । 

तत्कालीन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने तयारी भइरहँदा पूर्वमाओवादीका नेता उमेश यादव र उनका समर्थकहरु आएर जुलुस निकाल्न अवरोध गरेका हुन् ।

जसका कारण शिवमन्दिर प्राङ्गण तनावपूर्ण बनेको थियो ।

पूर्वएमालेका नेता तथा कार्यकर्ताले प्रदर्शनको तयारी गरिरहँदा पूर्वमओवादीका नेता उमेश यादवले पार्टीको विवादबारे स्थायी कमिटिमा छलफल भइरहँदा  कसैको समर्थन या विरोधमा जुलुस प्रदर्शन गर्न नहुने बताए ।

तर,  काठमाडाैंमा भने बुधबार प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गरेका छन् । जुन प्रदर्शनका सम्बन्धमा नेकपा निकटस्थ भनी चिनिने  दिल निशानीले भने प्रधानमन्त्रीको पक्षमा निस्केको जमात भन्दा बढी आफू भृकुटीमण्डपमा चिया खाँदा उपस्थित हुने बताएका छन् । उनले बुधबार ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।   

यो पनि