बैशाख १३, २०८१, बिहीबार
               

सांसद गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ।

यसअघि बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्‍विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

बुधबार समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ  गिरीलाई सांसदबाट निष्कासन गरिएकोबारे पत्र लिएर  सिंहदरबारस्थित सचिवालय पुगेका थिए । 

पार्टीले गिरीलाई सांसद पदबाट राजीनामा दिन लगाएसँगै गिरीले आफू अदालत जाने बताउँदै आएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि