बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारसँग ६ सूत्रीय माग

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग ६ सूत्रीय माग राखेको छ ।

सरकारले घोषणा गरेका कार्यक्रम अविलम्ब पूरा गर्न भन्दै महासंघले सो भाग राखेको हो । 

यसका अलवा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार ६ सूत्रीय माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । 

कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीलाई सरकारले सहयोग नगरेकाले आन्दोलन घोषणा गर्नुपरेको उनीहरुले बताएका छन् । 

महासंघले यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरे पनि कार्यान्वयन नभएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताएको छ ।

व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने,स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पूरै छुट गरिनुपर्ने माग अघि सारेको छ । 

सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासंघको भनाइ छ ।

 

यो पनि