बैशाख १३, २०८१, बिहीबार
               

फ्रिज नभएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न महालेखाको निर्देशन

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई फ्रिज भएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न निर्देशन दिएको छ । 

महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशनमार्फत कोष तथा लेखा नियन्त्रकलाई यस्तो दिएको हो ।

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी छँदा रकम निकासा तथा भुक्तानी दिन बन्द गर्न पनि उसले निर्देशन दिएको छ । 

महालेखा नियन्त्रको कार्यालयले चालू आर्थिक वर्षमा खर्च नभई फ्रिज भएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न बुधबार  सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न निर्देशन दिएको हो । 

कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा तथा भुक्तानी लिएर आर्थिक वर्ष सकिनु एक साताअघि कारोबार बन्द गराउनुपर्नेछ  । 

यद्यपि, कार्यालयलाई अतिआवश्यक काम परी खर्च गर्नुपर्ने अवस्था आएमा कोष तथा लेखा नियन्त्रकको स्विकृति लिएर निकासा दिन सकिने महालेखाले जनाएको छ ।

यो पनि