चैत १६, २०८०, शुक्रबार
               

पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसँग फरार

एजेन्सी
असार २४, २०७७

ADVERTISEMENT

कोरोना महामारीबाट संसारै प्रभावित छ । घरेलु हिंसाका घटना बढेका छन् । सम्बन्ध विच्छेद तथा आत्महत्याका घटना पनि सुनिएका छन् । तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फरार भइन् ।

विहारको बेगूसरायमा एक महिला र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेगूसरायस्थित महिला थानामा रहेका दुबैको सम्बन्ध प्रेमी प्रेमिकाको रहेछ ।

बेगूसरायको बखरीस्थित शकरपुरा निवासी महिला विमलाले एक वर्ष पहिले खगडिया जिल्लाका विजयसँग विहे गरिन । विहेको ९ महिनापछि विजयले विमलालाई बेगूसरायस्थित माइतीघर छोडेर कामका सिलसिलामा गुजरात गए ।

माइती आएकी विमलाको गाउँमै रहेका पूर्वप्रेमी कुन्दनसँग निकटता बढ्न थाल्यो। सम्बन्ध यति निकट भयो कि एकअर्का विना बाँच्न नसक्ने भन्नेमा पुगे ।

यता कोरोना महामारीले लकडाउन भएपछि पति विजय गुजरातबाट घर फर्किए । तर, उनी १४ दिन क्वारेन्टाइनमा बस्न पर्‍यो । विजय गुजरातबाट फर्किएको खबर विमलाले पाइसकेकी थिइन् ।

क्वारेन्टाइन अवधि सकेर विजय ससुराली घर शकरपुरा पुगे । उता पत्नीले प्रेमीसँग भाग्ने योजना बनाइसकेकी थिइन् । बिरामीको बहाना बनाएर विमला पतिसँग बेगूसराय आइन् । त्यहीँबाट पतिलाई छोडेर विमला प्रेमी कुन्दनसँग भागिन् ।

पति विजयले महिला थानामा उजुरी दिए । दुवैलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो ।

महिला थानाका जाँच अधिकारी संजय मिश्राका अनुसार विमलाले प्रेमीसँगै बस्ने भन्दै अडान लिएकी छिन् । उता पति विजय यो घटनालाई पञ्चायतमा लैजाने मनस्थितिमा छन् ।

विजयले पत्नी भागेको उजुरी दर्ता गरेपछि सबैलाई थानामा लिएर छलफल गरिएको जाँच अधिकारी मिश्राले बताए । उनका अनुसार तत्काललाई पति विजयसँग विमलालाई घर पठाइनेछ ।

 

कस्तो लाग्यो ?

यो पनि