चैत १५, २०८०, बिहीबार
               

रातो मच्छिन्द्रनाथको रथारोहण कोरोनाका कारण रोकियो

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

ललितपुर । कोरोना भाइरसका कारण बुधबारदेखि सुरु हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । 

काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्‍दै गएकाले रथारोहण स्थगित गर्नु परेको गुठी संस्थान ललितपुरका अध्‍यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

उनले भने, ‘ काठमाडौं उपत्यकामा कोरोना भाइरसको बिगबिगी छ । त्यसकारण मानिसहरुको भेला गर्न नसकिने र रथ तान्‍न धेरै मानिसको आवश्यकता भएको हुँदा गुठीले यसपटकको मच्छिन्द्रनाथको रथारोहण यात्रा स्थगित गरेको छ ।’

कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम असार १० गतेदेखि सुरु गरिएको थियो ।

लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्याबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदै भोज भतेर गर्ने गरिन्छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन् ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

करिब १ हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो यो ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

रथ तान्ने सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ । त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्‍याइनेछ ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।

यो पनि