बैशाख १३, २०८१, बिहीबार
               

प्रहरीद्वारा महिला कुटिएको भिडियो भाइरल, कुट्ने प्रहरी कारबाहीमा

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

रुकुम । कर्णाली प्रदेशको रुकुम जिल्लामा भएको एक घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला कुटिएको भिडियो भाइरल भएको हो । 

प्रहरीका अनुसार, जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । घटना जेठ १ गतेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीले भने, उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

महिला कुटपिटमा संलग्न एक हवल्दार सडक दुर्घटनामा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचारभइरहेको छ । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन सुरु भएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।

भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको छ । 'घटनाको परिस्थिति जे जस्तो भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ', नगर प्रमुख गोर्खबहादुर केसीले भने, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’

उक्त घटना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । हेल्प डेस्कमा मदिरा सेवन गरेर महिलाले होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीका अनुसार, 'त्यसक्रममा महिलाले प्रहरीलाई हातपात गरेकी थिइन् ।'

‘झोलुंगे पुलमा ड्युटीमा बसेका प्रहरीमाथि महिलाबाट हातपात भयो, त्यस समय पुरुष प्रहरीले महिलालाई पक्राउ गर्ने कुरा भएन’, केसीले भने, ‘त्यसवेला महिला अर्धनग्न अवस्थामा थिइन् । एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ ।’

प्रहरीका अनुसार, महिला मदिरा सेवन गरेको अवस्थामा थिइन् । 'उनी शान्त हुन्छिन् कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको रहनेछन्', डीएसपी ठगबहादुर केसीले भने । 

अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि