बैशाख १३, २०८१, बिहीबार
               

दुर्घटनामा एक जनाको मृत्यु

रासस
असार २४, २०७७

ADVERTISEMENT

धादिङ । धुनीबेसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं बाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । 

शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि