बैशाख १३, २०८१, बिहीबार
               

भारतमा सात लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
असार २३, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । 

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । 

तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । 

दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढी संक्रमित फेला पर्दा ८०९ जनाको मृत्यु भएको छ । 

पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७७९ जनाको मृत्यु भएको छ । 

त्यस्तै बिहारमा १२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ९७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि