बैशाख १३, २०८१, बिहीबार
               

बिरामीहरुमा कोरोना पुष्टि भएसँगै गंगालाल अस्पतालको यस्तो सूचना

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका सात जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालले आज (मंगलबार) सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ ।

भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सोमबार अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै सोमबारै ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक–एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो ।

यसअघि केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।

यो पनि