चैत १५, २०८०, बिहीबार
               

राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा

एजेन्सी
असार २३, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) लाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । 

प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् ।

ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गएका छन् ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेका उनलाई घरमै नजरबन्द गरिएको थियो । 

अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’

प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । 

त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

-एजेन्सी 


कस्तो लाग्यो ?

यो पनि